images
images
images

बजेटमा कसका लागि कस्तो कार्यक्रम ?

काठमाडौं, १६ जेठ – सरकारले आगामी आर्थिक वर्ष (आव) का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका धेरैजसो सुझावहरुलाई समेटेर बिहीबार संसदमा आगामी वर्षका लागि आय व्याय प्रस्तुत गरे ।

मूलतः बजेटले निजीक्षेत्रले उठाउँदै आएका धेरै विषय समेटेको छ । पहिलोपल्ट नेपालीलाई विदेशमा लगानी गर्न दिने घोषणा बजेटमा गरिएको छ । त्यसैगरी लगानी आकर्षित गर्न पनि थुप्रै योजना घोषणा गरिएका छन् । सरकारले भूमिहीन, महिला, युवा, विद्यार्थीदेखि उद्योगीसम्म विभिन्न वर्गलक्षित विभिन्न कार्यक्रमको पनि घोषणा गरेको छ ।

यस्ता छन् कार्यक्रमः

भूमिहीनः

  • पाँच लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

सहकारी बचतकर्ताः

  • पाँच लाख रुपैयाँसम्मको बचत सुरक्षण

लगानीकर्ताः

  • नेपालीलाई विदेशमा लगानी अनुमति विदेशी कम्पनीको स्वेट शेयर लिन सक्ने प्रावधान होटेल उद्योगलाई उत्पादनमूलक उद्योगसरहको सुविधा

विद्यार्थीः

  • आगामी वर्षदेखि पढ्‌दै कमाउने अभियान न्यूनतम ज्यालासहित सातामा २० घण्टा काम गर्ने वातावरण

युवाः

  • स्टार्टअपलाई ३ प्रतिशत ब्याजमा ऋण र कर छूट युवालाई २० लाखसम्म सहुलियत कर्जा दलितलाई डाक्टर पढाउन २ अर्ब छात्रवृत्ति जेन जी युवालाई उद्यममा लगाउन इन्क्युबेशन सेन्टर

महिलाः

  • महिलाको नाममा उद्योग दर्ता निःशुल्क शेयर लगानीकर्ताः नेपाल टेलिकमको ३० प्रतिशत

शेयर कर्मचारीः

  • महँगी भत्ता वृद्धि उद्योगीः विशेष आर्थिक क्षेत्रमा जग्गा भाडा कटौती औद्योगिक क्षेत्रको भाडा कटौती

व्यापारीका लागिः

  • भन्सारमा अग्रिम आयकरको व्यवस्था हट्ने

उपभोक्ताः

  • सबै प्रदेशमा उपभोक्ता अदालत काठमाडौंसहितका ठूला शहरमा फाइभ जी सेवा