images
images

राजावादी आन्दाेलनले सवारी यातायात प्रभावित बन्यो

काठमाडौं, १६ जेठ – राजसंस्थाको पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ ।

आज पनि जारी आन्दाेलनमा माइतीघरमा भेला भएका राजावादीहरुले विजुलीबजार, बबरमहल हुदै नयाँ बानेश्वरतर्फ आउने क्रममा यातायात प्रभावित बनाएका हुन् ।

 

 

माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा जसको कारण यातायात प्रभावित भएको छ ।

आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका राजावादीहरु सहभागी छन् ।