काठमाडौँ, १६ जेठ – ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएसँगै उनीहरूको पदस्थापन तथा काज गरिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ ।
यसैगरी माधव प्रसाद श्रेष्ठको कर्णाली प्रदेश, दिलीप सिंह देउवाको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपक कुमार बस्नेतको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, ओम बहादुर रानाको अख्तियार, जयराज सापकोटाको कार्यविभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्र बहादुर गुरुङको साइबर ब्युरोमा पदस्थापन भएको छ ।













