images
images

गृहमन्त्री लेखक लक्षित दाहालको टिप्पणी : पद र प्रतिष्ठा फरक कुरा हुन्

नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले पद र प्रतिष्ठामा फरक हुने बताएका छन्।

गृहमन्त्री रमेश लेखकलक्षित हुँदै उनले भनेका छन्, ‘पद र प्रतिष्ठामा फरक हुन्छ। पद आकस्मिकता र आवश्यकताको सम्मिलन हो भने प्रतिष्ठा काम, विश्वास, व्यक्तित्व र लोकप्रियताको संयोजन हो।’

उनले प्रतिष्ठा बिनाको पद केवल औपचारिकता मात्र हुने बताएका छन्। उनी थप लेख्छन्, ‘पदमा बस्नेले मनन गर्दा राम्रो हुने थियो।’

अहिले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएका छन्। माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूले उनले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।

माओवादी र रास्वपाले त गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् अगाडि बढ्न नदिने निर्णय गरिसकेका छन्।