images
images

गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे तर अफताफ आलमको लागि रहेछ : शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गणतन्त्रसम्बन्धी व्यङ्ग्यात्मक कविता लेखेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका हुन्। उनले जताततै भ्रष्टहरूको रजगज भएको र गाउँ-गाँउमा छोटे सरकारलाई मोज र भ्रष्ट, दलाल, तस्करी र बिचौलियालाई भोज भएको कवितामा उल्लेख गरेका छन्।

शाहीले लेखेको कविता:

साथीहरूले गणतन्त्र  

निर्मला पन्तको लागि आयो भन्थे !

तर अफताफ आलमको लागि रहेछ ।।

जताततै भ्रष्टहरूको रजगज भएछ ।।

गाउँ-गाँउमा छोटे सरकारको मोज भएछ।

भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ।।