images
images

भोलिदेखि सार्वजनिक सवारीसाधन नचलाउने व्यवसायीको घोषणा

काठमाडौँ – यातायात व्यवसायीहरूले सोमबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ नियमावली खारेजीको माग गर्दै उनीहरूले भोलिदेखि सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका हुन्। सवारीसाधनहरू ग्यारेजमै थन्काएर आन्दोलनका उत्रिने उनीहरूको भनाइ छ।

‘आजसम्म पनि नेपाल सरकारले सुनुवाई नगरेको हुँदा बाध्य भई हाम्रा सवारीसाधन मिति २०८२/२/१९ गतेदेखि घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएकोले यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरुलाई हाम्रो आन्दोलनमा आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाइदिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ,’ सार्वजानिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।