images
images
images

ग्राहकलाई विशेष छुट दिन एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता

काठमाडौँ, जेठ १९ – एनएमबि बैंक र हिल्टन काठमाडौंबीच विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा बैंकका ग्राहकहरूले हिल्टन काठमाडौंमा कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दिगो सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले बताएको छ।