images
images

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक साधारणसभा सम्पन्न : समय सापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ३९औं वार्षिक साधारणसभा भृकुटीमण्डपमा आज आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

संघको ३९औं वार्षिक साधारणसभाको अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सक्षम रुपमा स्थापित गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताइन् ।

 

संघकी अध्यक्ष श्रीमती कुँवरले सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष बनाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो । विगतमा भएका कार्यहरूको विश्लेषण गरी नयाँ नीति तथा कार्यक्रम बनाई संघको उद्देश्य परिपूर्तिका लागि सवै पदाधिकारीहरूको सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले काम गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरूबीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो ।