काठमाडौं, १९ जेठ – यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा १४ जना पक्राउ परेका छन् ।

काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए ।
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन् ।









