images
images

संसद चलाउ भनेर प्रचण्डसँग कुरा गर्न खोजेँ, तर उहाँ सम्पर्कमा आउन चाहानुभएन: प्रधानमन्त्री

काठमाडौँ, १९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर संसद अवरोध नहुने दाबी गरेका हुन् ।

 

 

ओलीले  भने ‘यस्तरी संसद अवरोध अव हुन सक्दैन । तर संसद अगाडि बढाउनुपर्छ । ज्याजती धेरै भो । अति भो’, ओलीले भने, सडक अवरोध पनि गरेको छ, कोही बोल्यो माइतीघर मण्डलामा आयो भनेर आयो भने विपक्षी पार्टी सवै कुदेर मण्डला पुग्ने गर्छन ।’

उनले संविधान र लोकतन्त्रविपरितको कदम नचाल्न विपक्षीलाई आग्रह गरे । ओलीले प्रचण्डहरु कुरा नगर्ने र संसद बन्द गर्ने मुडमा रहेको हुनसक्ने भन्दै नचाहिने कुरामा संसदलाई रोक्ने, विकासको काम रोक्ने र जनप्रतिनिधिलाई निरर्थक पार्ने काम नगर्न आग्रह गरे । ‘संसद चलाऊ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ, हामी लिडरहरुको बिचमा छलफल पनि गरौ भनेर । उहाँ सम्पर्कमा आउन चाहिरनुभएको छैन’, ओलीले भने, ‘उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन ।’

 

 

ओलीले बजेटमाथिको छलफलमा तर्क र तथ्यका आधारमा बजेटको बचाउ गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । हामीले नीति कार्यक्रम र बजेट उपयुक्त ल्यायौं’, प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘बजेटमाथि भोलीबाट छलफल प्रारम्भ हुदैछ । माननीयहरुले त्यहाँ तर्कपुर्ण ढंगले बजेटको बचाउ गर्नुपर्छ । विरोधीहरुले हामीलाई धर्मर हुनेगरी कुर्तक राख्नेछन् । ति कुर्तकहरुको दह्रोगरी तथ्य र तथ्यांकसहित खण्डन गर्नुपर्नेछ ।’ तयारी र अध्ययन गरेर बुँदागत रुपमा संसदमा बजेटको पक्षमा बोल्ने गरी संसदमा उपस्थित हुन पनि ओलीले निर्देशन दिए ।