काठमाडौं – तीन शीर्ष नेताकाे छलफलमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रकाे अडान कायमै छ । सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको हाे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको बताए ।
संसद् बैठकमा माओवादीसहितले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् । त्यसपछि आज प्रचण्डलाई विशेष कुर्सी राखेर बाेलाइएकाे छलफलमा माओवादी केन्द्रले आफ्नाे अडान कायमै राखेकाे छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् खोलेर अघि बढ्न आग्रह गरेका थिए । कर्मचारीको कुरा भएकाले राजीनामा दिनु नपर्ने प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरूले कुरा राखेको स्राेतकाे भनाइ छ ।









