images
images

प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त

काठमाडौँ, १९ जेठ – प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन् । सोमबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले रिक्त ६ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनबिच भागभण्डा गरिएको हो ।

प्रेस चौतारीबाट भीमलाल श्रेष्ठ, निमा काफ्ले  र शान्तराम विडारी सदस्यमा नियुक्त हुँदा प्रेस युनियनबाट बालकृष्ण अधिकारी, पदमराज जोशी र नकुल अर्याल नियुक्त भएका छन् । सदस्यहरुले नियुक्तिपत्र समेत बुझिसकेका छन् ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ । वि.सं. २०७८ जेठ २० गते बस्नेत अध्यक्षमा नियुक्त भएका थिए ।