images
images

‘सरकारले नागरिकको पक्षमा काम गर्ने कि यातायात व्यवसायीको?’

काठमाडौं, २० जेठ – सांसद तथा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गएराति सरकारले व्यवसायीसँग गरेको सहमतिले यातायातको क्षेत्रमा फेरि सिण्डिकेट कायम हुने बताएका छन्।

मंगलबार बिहान प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा धाराणा राख्दै उनले  यातायात व्यवसायीसँग झुकेर सरकारले सिण्डिकेटलाई संरक्षण गरेको आरोप लगाए।

‘पहिले तोडिएको सिण्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ’ उनले भने। अहिले राइड सेयरिङले धेरै सहज भएको भन्दै उनले राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने बताए। ‘सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिक गरेको छ’, उनले भने

उनले सिण्डिकेट कायम गर्न पाऊँ भनी व्यवसायीले गरेको आन्दोलनलाई सरकारले समर्थन गरेको आरोप लगाए। सरकार र यातायात व्यवसायीबीचको सहमतिले सर्वसाधारणलाई ठूलो समस्यामा पार्ने उनको भनाइ छ।