काठमाडौं, २० जेठ – प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले गृहकार्य जारी राखेका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ ।


सदनको जारी गतिरोध हटाउन सभामुखले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन् ।
लगत्तै अहिले एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।
विपक्षी दलको बैठक पनि अहिले जारी छ। बिहान ११ बजेका लागि बोलाएको बैठक अझै सुरु हुन सकेको छैन ।









