images
images

विमानस्थल सुन प्रकरण: थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने तयारी

काठमाडौं- भन्सार छली गरी त्रिभुवन विमानस्थलमा भित्र्याइएको झन्डै सय केजी सुन तस्करी प्रकरणमा थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिइने भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका आईजी, सीआईबी प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख सहितको बैठकले छलफल गरी यस्तो निर्णय गरेको हो।

उक्त बैठकको निर्णय अनुसार उक्त प्रकरणमा अबको अनुसन्धानको जिम्मा सीआईबीले पाउने निर्णय भएपनि यो समाचार तयार पार्दासम्म अनुसन्धानका लागि सीआईबीमा आधिकारिक पत्र भने पुगेको छैन।

यही साउन २ गते राजश्व अनुन्धान विभागको टोलीले बा२ज २३२४ नम्बरको ट्याक्सी नियन्त्रणमा लिएर करिब १ क्वीन्टल सुन बरामद गरेको थियो ।