काठमाडौँ, २० जेठ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् ।
सोमबार राति आगमन भन्सार क्षेत्रबाट विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट १० किलो ४२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोम्सक पात्चा र भारतीय नागरिक २९ वर्षीय पिरिइरा गिफिन छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा सोम्सकबाट ७ किलो ३१० ग्राम र पिरिइराबाट ३ किलो ११० ग्राम गाँजा फेला परेको हो ।
उनीहरूमाथि थप अनुसन्धान गर्न लागुऔषध नियन्त्रण ब्युरोमा पठाएको छ ।









