काठमाडौं, जेठ २० – लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले पार्टीका नेता श्री मनिष कुमार मिश्रलाई केन्द्रीय महासचिव तथा प्रवक्ता पदमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमार्फत मिश्रलाई यो जिम्मेवारी दिइएको हो ।
पार्टीको संशोधित विधानअनुसार उनलाई केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान गरिएको जानकारी दिइएको छ । अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयन गरिएकोमा बधाई दिँदै देश, मधेश तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।

मनिष कुमार मिश्र पार्टीभित्र सक्रिय तथा युवा नेतृत्वका रूपमा चिनिँदै आएका छन् । पार्टीको विभिन्न तह र क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएका उनले पार्टी संगठन सुदृढिकरण तथा राजनीतिक धारणा निर्माणमा प्रभावकारी योगदान दिने विश्वास गरिएको छ ।
लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा जारी पत्रमार्फत गरिएको यो निर्णयले पार्टीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।









