images
images

काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं, २० जेठ – काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेको महानगर स्रोत बताउँछ ।

“उहाँ (राजु पाण्डे)लाई प्रमुख प्रशासकीय अधिकृतज्यूले निलम्बन गर्नुभएको हो । उहाँले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो आएन भन्ने छ,” स्रोत भन्छ ।

अब पाण्डेलाई जिम्मेवारीबाटै हटाउन प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठकमा सिफारिस गर्नुपर्छ ।