images
images

यादव र पोखरेलकाे अन्तरद्वन्द्वले मधेसमा माओवादी ध्वस्त भयोः रामकुमार शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले मात्रिका यादव र गिरीराजमणि पोखरेलकाे अन्तरद्वन्द्वले  मधेसमा माओवादी ध्वस्त भएकाे बताएका छन् ।  शुक्रबार केन्द्रीय समिति बैठकमा बोलदै शर्माले यस्ताे बताएका हुन् ।

नेताहरु मात्रिका यादव र गिरीराजमणि पोखरेल आपसमा भिँड्दा मधेसमा माओवादी पार्टी ध्वस्त भएको टिप्पणी गर्दै उनले मधेसमा पार्टी विग्रनुको मुख्य जिम्मेवार यादव र पोखरेल रहेको आरोप लगाए । यादव र पोखरेल दुवै माओवादीका पदाधिकारी (उपमहासचिव) हुन् ।

शर्माले भने -‘मधेसमा दुई हस्ती छन् । गिरीराजमणी पोखरेल र मात्रिका यादव । उहाँहरु कहिल्यै मिल्नुभएन । यी दुई नेता भिड्दा पार्टी मधेसमा उठ्नै सकेन ।

फरक प्रसंगमा नेता शर्माले पार्टी नेतृत्वको सरकारले धमाका मच्चाइरहेको बताए । बैठकमा नेतृत्वको आलोचना र सुझाव दिनेलाई अध्यक्षले माया गर्नुपर्ने उनको भनाइ छ ।