images
images
images

१२ देशका नागरिकलाई अमेरिकाको यात्रामा प्रतिबन्ध, नेपाल पर्‍यो/परेन ?

काठमाडौं, २२ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिकाको यात्रामा प्रतिबन्ध लगाएका छन् ।

व्हाइटहाउसका अनुसार ट्रम्पले यात्रा प्रतिबन्धसम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका छन् । यात्रा प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैती, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् ।

यसबाहेक, अन्य देशहरू बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान, भेनेजुएलाका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध लागू गरिएको छ ।

यो प्रतिबन्ध अमेरिकी नागरिकहरूलाई ‘खतरनाक विदेशी तत्त्वहरू’ बाट जोगाउनका लागि लगाइएको बताइएको छ । यो निर्णय आगामी सोमबार (९ जुन) देखि लागू हुनेछ ।

यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको यो दोस्रो पटकको आदेश हो ।सन् २०१७ मा पनि उनले केही मुस्लिम बहुल देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका थिए ।