images
images

वर्तमान सत्तागठबन्धनमा कुनै समस्या छैन् : सभापति देउवा

काठमाडौं, २२ जेठ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको बताएका हुन्।

उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरे। त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताएका छन्। उनले राजावादीहरुको आन्दोलन तुहिसकेको समेत जिकिर गरे।

कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको उनको भनाइ छ।