images
images

सबै स्थानीय तहमा सेवा दल गठन गर्दै नेपाली कांग्रेस

काठमाडौं, १९ श्रावण । नेपाली कांग्रेसले देशभरीका सबै स्थानीय तहमा सेवा दल गठन गर्ने तयारी गरेको छ।

केन्द्रीय समितिको निर्णय बमोजिम कांग्रेसले देशभरीका ७ सय ५३ वटै स्थानीय तहमा गाउँ सेवा दल गठन गर्ने तयारी गरेको हो।

मानवीय सहयाता र सेवाका कामहरू गर्नका लागि सेवा दल गठन गर्न लागेको र त्यसका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको कांग्रेसले जनाएको छ।

त्यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको पनि कांग्रेसले जनाएको हो।