images
images
images

नर्सिङ पढेकाहरूका लागि मौका: त्रिविमा १०० पद खुला

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जले एक सय स्टाफ नर्स माग गरेको छ।

अस्पतालले आज एक सूचना जारी गरी करार सेवामा १०० जना स्टाफ नर्स माग गरेको हो।

अस्पतालले आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको हो ।

इच्छुक व्यक्तिले आगामी २५ जेठ (जुन ८, २०२५) देखि १ असार (जुन १५, २०२५)बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका योग्य व्यक्तिहरूले आवेदन दिन पाउने छन् ।