काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको टिप्पणी गरेका छन्।

शुक्रबार (आज) बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले नेपालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेको टिप्पणी गरेका हुन्।
‘माधवजीले म छिट्टै सफाइ लिएर फर्किन्छु भनेर उहाँले नै भन्नुभएको छ। उहाँले अदालतप्रति मेरो विश्वास छ भनेर भन्नुभएको छ। मैले पनि उहाँमाथि पक्कै अदालतले न्याय नै गर्छ भन्ने ठान्छु। प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएको छ, ’दाहालले भने।








