काठमाडाैं । परराष्ट्र सचिव अमृतबहादुर राईका बुवा इन्द्रबहादुर राईको निधन भएको छ ।
उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा राईको ८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
१९९८ मा संखुवासभाको मच्छेपोखरीमा जन्मिएका राई सेवा निवृत्त भारतीय सैनिक समेत हुन् । अहिले राईको पार्थिव शरिरलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
राईका एक छोरा बेलायत भएका कारण उनको सोमबारमात्रै गृहजिल्लामा लगेर अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
राईका दुई छोरा र दुई छोरी छन् । जसमध्ये एक छोरी पनि बेलायतमै छिन भने अर्को छोरी मोरङमा रहको बताइएको छ । परराष्ट्र सचिव अमृतबहादुर भने कान्छा छोरा हुन् ।








