काठमाडौँ, २५ जेठ – विपक्षी दलहरूको बैठक सुरु भएको छ । संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसिरहेको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन ।यसैबीच शीर्षस्थ नेताहरूबीच पनि संसद्को अवरोध खुलाउने बारेमा छलफल भइरहेको हो । सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।








