images
images

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न द्विपक्षीय तथा बहुपक्षीय छलफल तीव्र

काठमाडौँ, २५ जेठ – भिजिट भिषा प्रकरणलाई लिएर विपक्षी दलहरुले सदन अवरोध गरेपछि खुलाउन द्विपक्षीय बहुपक्षीय छलफलले तीव्रता पाएको छ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएकाले त्यसभन्दा अघि विपक्षी दलहरुले छुट्टै कुराकानी गर्ने भएका छन्।

 

त्यस्तै सभामुख देवराज घिमिरले पनि प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग कुराकानी गर्ने उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। सभामुखले १२ बजे कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरुसँग अतिरोध अन्त्यका लागि छलफल गर्ने भएका हुन्।

भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखेकको समेत संलग्नता रहेकाले उनले राजीनामा दिनुपर्ने माग राख्दै विपक्षी दलहरुले जेठ १२ गतेदेखि प्रतिनिधिसभाको काम कारबाही अघि बढ्न दिएका छैनन्। जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार बजेट पेश गर्न दिए पनि त्यसअघि उनीहरुले संसदलाई नियमित कार्यसूचीमा प्रवेश गर्न दिएका छैनन्।

 

सदनको गतिरोध अन्त्य र समसामयिक राजनीतिक घटनाक्रमबारे विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ड पुगेर कुराकानी गरेका थिए। विपक्षी दलको बैठक दाहालले देउवासँग भएको छलफलबारे जानकारी गराउनेछन्।

सदन खोल्ने विपक्षी दलहरु गृहमन्त्रीको राजीनाबाट पछि हटेर छानबिन समिति बनाउनुपर्ने पक्षमा उभिएका छन्। तर सरकार र सत्ता पक्षीय दलहरुले छानबिन समिति बनाउने तयार नभएपछि गतिरोध हट्न सकेका छैन।

प्रमुख प्रतिपक्षी माओवादीले भिजिट भिषा प्रकरणलाई धेरै तन्काउन पक्षमा देखिदैन। संसदमा गतिरोध हुँदा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजित बजेटमाथि सैद्धान्तिक छलफलसमेत अघि बढ्न सकेको छैन।