images
images

बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी

पोखरा, २६ जेठ – पोखरा स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका हुन् ।

उनको खोजीका निम्ति सशस्त्र प्रहरी बलको नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन भएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।