काठमाडौँ – प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
दिउँसो बसेको बैठकमा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नेबित्तिकै उनीहरूले उठेर विरोध जनाएका हुन् ।
त्यसपछि घिमिरले आधा घण्टाका लागि स्थगित गरेका थिए । यसपछि बैठक पुनः बस्न सकेन ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै विपक्षीहरूले संसद् चल्न दिइरहेका छैनन् ।








