images
images

प्रधान न्यायाधीश राउतद्वारा काठमाडौँ जिल्ला अदालतमा आकस्मिक निरीक्षण

काठमाडौँ – प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला अदालत काठमाडौँको आकस्मिक अनुगमन गरेका छन् ।

प्रधान न्यायाधीश राउतले न्याय परिषद्का कर्मचारीहरूको साथमा जिल्ला अदालतमा पुगेर निरीक्षण गर्नुका साथै सेवाग्राहीसँग कुराकानी गरेका हुन् ।

पछिल्लो समय काठमाडौँ जिल्ला अदालतमा बिचौलियाको चलखेल बढेको अनि सेवाग्राहीहरू मर्कामा परेको भनी गुनासो बढेको न्याय परिषद् स्रोतको भनाई छ ।

त्यही आधारमा प्रधान न्यायाधीश राउत काठमाडौँ जिल्ला अदालत पुगेका हुन् ।