images
images

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हस्पिटालिटी अन्तर्गतको रेडीसन प्रोजेक्टको नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको आरोपमा सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेत ५ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले दायर गरेको मुद्दामा प्रतिवादीहरूसँग जनही ५० लाख रुपैयाँ बिगो दाबी गरेको छ ।