काठमाडौं, २८ जेठ – अनेरास्ववियुको उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।
कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो । दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

नामावली प्रकाशनमा भएको ढिलाइले निर्वाचन तालिका प्रभावित बनेको छ । आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो ।
अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।
उपाध्यक्ष खुलामा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।
-1749637793.jpg)
-1749637818.jpg)
-1749637844.jpg)
-1749637866.jpg)
-1749637888.jpg)
-1749637908.jpg)
-1749637942.jpg)
-1749637962.jpg)

















