images
images
images

पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार

पोखरा, २८ जेठ – ल्यान्डिङ गर्ने क्रममा बुधबार पोखरामा दुई वटा  प्याराग्लाइडिङ दुर्घटनामा परेका छन्।

पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो।

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।