images
images

सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौँ– सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन्।

उनीहरूलाई साइबर ब्युरोबाट परिचालन गरिएको ब्युरोका एक जना अधिकृतले बताएका छन्।

पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको ब्युरोका एक जना अधिकृतले बताए।

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए। त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो।