images
images

भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त

एजेन्सी, २८ जेठ – भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।

विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

 

 

भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्।

उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन्। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।