images
images
images

विरामीको उपचारमा लापरवाही गरेकोमा उपभोक्ता अदालतद्वारा ओम अस्पताललाई ५६ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला

काठमाडौं, ३० जेठ – गत चैत २ गते स्थापना भएको उपभोक्ता अदालतमा पहिलो मुद्दाको रुपमा दर्ता भएको ‘चिकित्सकीय लापरवाही गरी मर्न बाध्य हुनु परेको’ मुद्दामा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले ५६ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चको पत्र साथै राखी ‘ओम हस्टिपल एण्ड रिसर्च सेन्टर प्रालिको कारणले चिकित्सकीय लापरवाही गरी मर्न बाध्य हुनु भएको’ पिता हरिहर प्रसाद गौतमका छोरा अधिवक्ता बसन्त गौतमद्वारा चैत ३ गते उक्त मुद्दा दर्ता गरिएको थियो ।