images
images

सामाजिक अभियन्ता सावित्री अधिकारीले वैदेशिक रोजगारीको क्रममा निधन भएका १०० भन्दा बढिको शव नेपाल ल्याईन्

काठमाडौं, २१ साउन । सामाजिक अभियन्ता सावित्री अधिकारीले वैदेशिक रोजगारीको क्रममा निधन भएका देशका विभिन्न जिल्लाका १ सय भन्दा बढिको शव नेपाल ल्याएकी छिन् । अधिकारीले आफ्नो पहलमा ती शव नेपाल ल्याएकी हुन् ।

आज (आइतबार) राति १० बजे पनि मलेसिया र साउदीमा निधन भएका दुई नेपालीको शव नेपाल आउँदैछ । ती शव ल्याउनपनि उनै सावित्रीले पहल गरेकी हुन् । चितवनका वचन परियार (साउदीबाट) र भोजपुरका धनबहादुर प्रधान (मलेसियाबाट) दुई शव आज राति १० बजे काठमाडौं आईपुग्ने उनले जानकारी दिईन् ।

यसअघि उनले क्रोसियामा निधन भएका बर्दियाका सन्तोष काफ्लेको पनि शव अधिकारीकै पहलमा नेपाल आएको हो । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा रहेर काम गरिरहेकी छिन् ।