काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले आयोजनामा गरेको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताएका हुन्।
उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौतीसमेत दिए। उनले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रहसमेत गरे।
उनले भने, ‘खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन। मैले त चुनौती दिने गरेको छु। मेरो जीवनका कुनै पनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउनु होस्। माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको छ? म चुनौतीका साथ भन्न चाहन्छु।’










