काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा बेल घेराउ गरेको छ ।
सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसद सासहरूले बेल घेराउ गरेका हुन् ।

अहिले गृहमन्त्री रमेश लेखक बोलिरहेका छन् । रास्वपा सांसदहरू भने अवरोध गर्दै नाराबाजी गरिरहेका छन् ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।









