images
images

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति अध्यक्ष ठाकुरले प्रकट गरे समवेदना

काठमाडौं, ३० – मित्र राष्ट्र भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष ठाकुरको हस्ताक्षरसहित पार्टीले शुक्रबार जारी गरेको प्रेस–विज्ञप्तिमा अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाजमा सवार २४२ यात्रु सवार एयर इन्डियाको विमानमा दुर्घटनामापरी २४१ जनाले ज्यान गुमाएको खबरले स्तब्ध बनाएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, उक्त दुर्घटनाप्रति लोसपा नेपाल गहिरो दुःख व्यक्त गर्दछ साथै दुर्घटनामापरी घाइते भएकाको शिघ्र स्वास्थ्यलाभको कामनासहित शोकाकुल परिवारजनप्रति पार्टी र म आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु । विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ ।

अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो ।