images
images

गृहमन्त्रीको राजीनामासँग अग्नि सापकोटाको मुद्दा साटेको भन्ने कुरा ‘वाहियात’ होः प्रचण्ड

बिराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन्।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सङ्घीय निजामती ऐन, विद्यालय शिक्षा ऐन र टीआरसीसँग सम्बन्धित विषयहरू सदनबाट पारित गर्नुपर्ने भएकाले सहमतिमा जानु परेको स्पष्ट पारे।

 

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा दिएको चेतावनीपूर्ण अभिव्यक्तिको जिम्मेवार लेखक स्वयं हुने प्रचण्डले बताए। उनले सुशासनका लागि भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र अध्ययन गहिरो गरी हुनुपर्नेमा जोड दिए।

पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटिएको भन्ने आरोपलाई प्रचण्डले ‘वाहियात कुरा’ भन्दै खण्डन गरे। भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दाबीच कुनै सम्बन्ध नरहेको उनले बताए।

माओवादी दुई बुँदे सहमतिपछि सत्तामा जान चाहेको हो भन्ने प्रश्नको जवाफमा प्रचण्डले सो आरोप पनि खण्डन गरे। उनले अहिलेको सहमति सत्तासँग सम्बन्धित नरहेको बताए।