काठमाडौं – भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन् ।
भुवनेश्वरस्थित जे.एम.एफ.सी. (COG TAKING–II) अदालतले मे २० मा दिएको आदेशअनुसार श्रीवास्तव १ लाख भारतीय रुपैयाँ धरौटीमा रिहा भएका हुन् । तर, हालै मात्र यसबारे खबर बाहिरिएको हो ।
अदालतले श्रीवास्तवलाई केही सर्तसहित रिहा गर्न आदेश दिएको छ । ती सर्तहरू –
- धरौटीमा रहँदा उनले कुनै पनि आपराधिक गतिविधिमा संलग्न हुन नपाउनेछन्।
- उनले मुद्दाका साक्षीहरूलाई डर देखाउने वा धम्क्याउने कार्य गर्न पाउँदैनन् ।
- प्रत्येक पेसीको मितिमा अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ।
- मुद्दाको टुंगो नलागेसम्म दुई–दुई महिनामा एकपटक इन्फोसिटी प्रहरी कार्यालय (IIC, Infocity P.S.) मा उपस्थित भएर जानकारी दिनुपर्नेछ।
प्रत्येक पेसीको मितिमा अदालतमा उपस्थिति प्रमाणित गर्नु अनिवार्य रहने आदेशमा उल्लेख छ । उक्त आदेश इन्फोसिटी प्रहरी कार्यालयलाई कारबाहीका लागि पठाइएको छ।











