images
images

सभामुखद्वारा रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग छुट्टाछुट्टै छलफल

काठमाडौँ – सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रतिनिधिसभामा जारी अवरोधबारे अलग अलग भेटवार्ता गरेका छन् ।

रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नै पर्ने बाध्यता रहेकोले अवरोधको स्वरूप बदल्न आग्रह गरेका थिए।

रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए ।

सभामुख घिमिरेले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका थिए ।