images
images

नेतृत्वविहीन रास्वपा बादलभित्र उडिरहेको काग बन्यो : योगेश भट्टराई

काठमाडौँ – नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्वविहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी बादलभित्र उडिरहेको काग बनेको बताएका छन्।

 

संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपा एउटा उदीयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरूले पनि सम्मान गरेको बताए। संसद्‌भित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए।

उनले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको आरोप लगाए। रास्वपा बादलभित्र उडिरहेको कागको जस्तो उद्देश्य र गन्तव्यहीन अवस्थामा रहेको बताए।

भट्टराईले भने, ‘रास्वपा उदीयमान पार्टीको रूपमा आएको छ। युवा साथीहरू हुनुहुन्छ। पढेलेखेको हुनुहुन्छ। रास्वपा नेतृत्वविहीन छ। जब पार्टी नेतृत्वविहीन हुन्छ, त्यो अन्योलमा पर्छ। रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ। उद्देश्य र गन्तव्यविहीन अवस्थामा उहाँहरू अवरोधमा सामेल हुनुहुन्छ।’

सचिव भट्टराईले सांसद पद निलम्बनपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रूपमा कुनै पनि कार्यक्रममा भाग लिन नपाउने भए पनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताए।