images
images
images

एअर इण्डियाको अर्को विमानमा पनि देखियो समस्या, दिल्ली आइरहेको जहाज हङकङ फर्कियो

काठमाडौं,  २ असार – हङकङबाट दिल्ली आउँदै गरेको एअर इण्डियाको विमान प्राविधिक गडबडी भएको पाइएको छ ।

यो उडान बोइङ ७८७–८ ड्रीमलाइनरको थियो । यो विमान हङकङ नै फर्किएको बताइएको छ ।

यसअघि आइतबार भारत आउँदै गरेका दुई बोइङ ड्रीमलाइनर विमान पनि बीच बाटोबाटै फर्किएका थिए । यीमध्ये एउटा उडान लन्डनबाट चेन्नई र अर्को जर्मनीको फ्रान्कफर्टबाट हैदराबादसम्मको थियो । दुवै जहाज सोमबार विहान भारतमा अवतरण गर्ने कार्यक्रम थियो ।

चेन्नई आउँदै गरेको ब्रिटिश एअरवेजको बोइङ ७८७–८ ड्रीमलाइनर प्राविधिक गडबडीका कारण फर्कनुपरेको थियो । लुफ्थान्सा एअरलाइन्स (जर्मनी) को बोइङ ७८७–९ ड्रीमलाइनरलाई बमको धम्की आएको थियो । यसका कारण विमानले अवतरणको अनुमति पाएन र फर्कनुपरेको थियो ।

जुन १२ मा, अहमदाबादमा दुई मिनेट भित्रै बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएपछि यी घटनाहरू बाहिर आएका छन् ।