images
images
images

नाडाको प्रतिनिधिमण्डलले दियो अर्थमन्त्रीलाई भेटेर अटो शोका लागि निम्तो

काठमाडौँ,  २ असार – नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ।

नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग भेट गरी आगामी भदौ ३ देखि ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने १७ औँ संस्करणको नाडा अटो शो  २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरिदिन औपचारिक रुपमा आग्रह गरेको हो।

उक्त भेटघाटमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताएका थिए।

सोही छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारीसाधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भइरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने, थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे।

त्यस क्रममा अर्थमन्त्री पौडेलले नाडाको आग्रह स्वीकार गर्दै नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरैभन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए।

भेटमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।