images
images

चक्रपथ बनाएरै छाड्छु, यो मेरो प्रतिज्ञा हो-आचार्य

विराटनगर  – कछुवाको तालमा रहेको विराटनगर चक्रपथ बनाएरै छाड्ने प्रतिवद्धता माओवादी नेता, कोशी प्रदेश सांसद जीवन आचार्यले व्यक्त गरेका छन् ।

विराटनगर र गाउँ जोड्ने मेरुदण्डका रुपमा रहेको चक्रपथ निर्माणबारे आफुले संघीय सरकारसित पहल गरिरहेको छ र, अहिलेसम्म ३० करोड रकम जुटिसकेको आचार्यले बताए । ०५२ सालदेखि सुरु भएको चक्रपथ २८ वर्ष पुगिसक्दा कछुवाको तालमा छ । ‘चक्रपथबारे मैले अध्ययन गरे, यसमा धेरै त्रुटी भएको छ, कम बजेट विनियोजन गरेर चक्रपथ बनाउन सकिन्न’ आचार्यले न्यू सृष्टि दैनिकलाई भने, ‘आउँदो ४ वर्षभित्र बनाएरै छाड्ने योजनाका साथ म अघि बढेको छु ।’ चक्रपथबारे गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, विजयकुमार गच्छेदार, भरतमोहन अधिकारी महेश आचार्य, सुशील कोइरालादेखि असंख्य नेताहरूले प्रतिवद्धता व्यक्त गरे पनि पूरा हुन सकेको थिएन ।

‘गाउँलाई सहरसम्म, सहरलाई गाउँसम्म जोड्ने दूरगामी हिसाबले महत्वपूर्ण चक्रपथ बनाउने मेरो एकमात्र एजेण्डा लिएर अघि बढेको छु’ आचार्यले भने, ‘मैले जसजससित कुरा गरेको छु सबैबाट सकारात्मक जवाफ पाएको छु, अब यो काम रोकिन्न ।’ आचार्य चक्रपथ क्षेत्रभित्र बूढीगंगा हात्तिमुडाका वासिन्दा हुन् ।