images
images

युएईमा नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने, यस्तो छ खेल तालिका

काठमाडौँ, ४ असार – नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी सेक्टेम्बरमा युएईको सारजाहामा वेस्टइन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने कार्यतालिका सार्वजानिक गरेको छ।

नेपाल क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगितालाई न्युट्रल भेन्युका रुपमा सारजाहमा खेलाउने भएको हो। खेल २७, २८ र ३० सेप्टेम्बरमा आयोजना हुने छ।

 

नेपालले पहिलो पटक विश्वविजेता टिमसँग द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो। नेपाल क्रिकेट संघले वेस्टइन्डिजलाई क्रिकेट विकासमा लम्किरहेको नेपाल जस्तो देशलाई सहयोग गरेकोमा धन्यवाद दिएको छ।

उसले नेपाली क्रिकेट विकासमा यो सिरिज कोसेढुङ्गा हुने विश्वास लिएको छ।