images
images

माओवादी प्रवक्तामा अग्नि सापकोटा नियुक्त

काठमाडौँ। माओवादी केन्द्रले उपाध्यक्ष अग्नीप्रसाद सापकोटालाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

१७ देखि २१ साउनसम्म चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सापकोटालाई पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी तोकेको थियो । बैठकपछि सापकोटालाई पार्टीले प्रवक्ताको जिम्मेवारी पनि दिएको हो ।

प्रवक्ता तोकिएपछि सापकोटाले बुधबार १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने भएका छन् ।