images
images

प्रतिबद्धता अनुसार हनुमन्तेको समस्या समाधान गर्दै पूर्वमन्त्री महेश बस्नेत: शान्तिको श्वाँस फर्दै स्थानिय

काठमाडौं, २३ साउन । भक्तपुरमा प्रायः वर्षा याममा हनुमन्ते खोलाबाट आक्रान्त खोला आसपासका जनताले यसपटक भने सास्तीको श्वाँस फेरेका छन् ।

एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले हनुमन्ते खोलाबाट हुने क्षति नियन्त्रणको लागि ठोस कदम चालेपछि यसपटक सो खोलाका आसपास बस्नेहरुले भने शान्तिको श्वाँस फेरेका छन् ।

आजै देशभरि र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खोला तथा नदीले बस्तीमा पसेर दुःख दिएका समाचार छन् । तर, सधैंजसो वर्षा याममा दुःख दिँदै आएको हनुमन्तले भने यसपटक सो क्षेत्रका जनतालाई कुनै दुःख दिएन । यसको लागि नेता बस्नेतले नै गुरुयोजना बनाएर काम गरेका थिए ।

नेता बस्नेतले हनुमन्ते बाढीबाट पीडितहरुलाई पहिल्यै नै अब अर्को वर्षबाट यस्तो दुःख र सास्ती खेप्नुपर्दैन भनेर आश्वासन दिलाएका थिए । नभन्दै उनले गरेको प्रतिबद्धताअनुसार हनुमन्तेको समस्या समाधान भएको छ ।